नियम २७
- न्यूनीकरणका कार्य गर्नु पर्ने
(१) हरितगृह ग्याँस उत्सर्जन गर्ने क्षेत्र, झर्जा, उद्योग, कृषि, वन तथा भू-उपयोग र फोहरमैलाको राष्ट्रिय आधार तह सम्बन्धित विषयगत मन्त्रालयको समन्वयमा मन्त्रालयले तयार गरी प्रत्येक दश वर्षमा अद्यावधिक गरी सार्वजनिक गर्नु पर्नेछ ।

(२) ऐनको दफा २५ मा उल्लिखित व्यवस्थाको अतिरिक्त सम्बन्धित सरोकारवाला निक्कायले देहाय बमोजिमका न्यूनीकरणका कार्य गर्नु पर्नेछः-

(क) हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरणका लागि स्वच्छ अर्जा, विद्युतीय यातायात र उर्जा किफायती प्रविधिको प्रयोगमा प्राथमिकता दिने,

(ख) उर्जा, उद्योग, कृषि, वन तथा भू- उपयोग र फोहरमैलाबाट हुने हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्न सहयोग पुच्याउने,

(ग) नियम २६ बमोजिमको अनुकूलन योजनामा हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिई प्रभावकारी रुपमा कार्यान्वयन गराउने ।